दिउसो पसल खोलेको भन्दै भाटभटेनी कोटेश्वरका म्यानेजर पक्राउ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा यहि जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको छ।
उपत्यकाका ३ वटै जिल्लामा यसपटक केहि खुकुलो गर्दै निषेधाज्ञा आदेश जारी गरिएको हो। प्रशानसनले बिहान ९ बजेसम्म मात्र पसल खोल्न दिने जनाएको छ।

यसैबीच, प्रहरीले दिउँसो पनि पसल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन्।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्