अभिनेत्री रिया चक्रवर्ती द मोस्ट डिजायरेबल वुमन 2020

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


अभिनेता सुशान्त सिङ राज्पुत को निधन पछि अभिनेत्री रिया चक्रवर्ती चर्चामा आएकी थिइन्। अब रिया चक्रवर्ती द 50 मोस्ट डिजायरेबल वुमन 2020 को टपमा परेकी छिन्।  यो लिस्टमा हरेक क्षेत्रका महिला लाई सामेल गरिएको छ। यो लिस्टमा त्यस्ता महिलाहरू लाई सामेल गरिएको छ, जसले पछिल्लो एक वर्षमा छाप छोड्न तथा मन जित्न सफल भएका छन् । रियाले दीपिका पादुकोन ,दिशा पाटनी तथा कटरिना कैफ जस्ता अभिनेत्रीहरू लाई समेत पछाडि पारेकी छन्।

पछिल्लो बर्ष रिया चक्रवर्ती काफी चर्चामा रहेकी थिइन। यधपी नकारात्मक खबरको कारणले ज्यादा चर्चामा आएकी थिइन। सुशान्तको परिवारले रिया माथि धेरै सङिन आरोप लगाएका थिए। रिया ड्रग केसमा जेल पनि गइन्। यति बेला जमानतमा बाहिर आएकी छिन्।

द 50 मोस्ट डिजायरेबल वुमन 2020 को लिस्टको कुरा गर्दा मिस युनिवर्स 2020 को तेस्रो रनर अप एडलिन कैस्टेलिनो दोस्रो नम्बरमा रहेकी छिन। दिशा पाटनी नम्बर तीनमा, कियारा आड्वानि नम्बर चार र दीपिका पादुकोन नम्बर पाचमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्