प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा निवेदन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शमो ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर, राजेन्द्र महतो पक्षलाई समेटेर मन्त्रीपरिषद् बैठक विस्तार गरेका छन्।

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ।

राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन तथा त्यसबाट निसृत सबै कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै रिट दर्ता गरिएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, सीतादेवी श्रेष्ठ, शालिकराम सापकोटा र राजकुमार सुवालले छुट्टाछुट्टै रिट दायर गर्नुभएको छ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद सदस्य नरहेको र संविधान अनुसार स्वतः पदमुक्त हुने भएकाले मन्त्रिपरिषद हेरफेर गर्न नमिल्ने रिट निवेदकको तर्क छ।


प्रतिक्रिया दिनुहोस्