माधव नेपाललाई भेटेपछि देउवासँग प्रचण्डको छलफल

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधव नेपालसँग भेटघाट गरका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव ल्याएको भोलिपल्ट अध्यक्ष दाहालले नेता नेपालाई भेटेका हुन।

नेता नेपालको निवास कोटेश्वरमा २ नेताबीच अबको रणनीतिबारे छलफल भएको बुझिएको छ।

नेता नेपालले प्रधानमन्त्री ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन्।

यसैबीच, नेता नेपालसँगको भेटपछि अध्यक्ष दाहालले बुढानिलकण्ठ पुगेर काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

नेपालसँग पौन एक छलफल गरेका प्रचण्डले बूढानीलकण्ठमा देउवासँग झण्डै आधा घन्टा कुराकानी गरेको स्रोतको दावी छ।

सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेपालसँग एकता गर्न ६ बुँदे प्रस्ताव अघि बढाएपछि प्रचण्डले पनि दौडधुप बढाएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्