कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा.सुवेदीको निधन

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ।

४२ बर्षीय डा सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा निधन भएको हो।

डा.सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो।

ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो।

कोटेश्वर स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक समेत रहेका डा.सुवेदी इमाडोल ललितपुरका हुन्। उनी बंगलादेशमा पढेका हुन्। डा. सुवेदीका श्रीमती र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस्