‘ओलि राष्ट्रवादको लँगौटी बिखन्डनको पगरी बनिसके छ’ : रामचन्द्र पौडेल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेपाली काङ्ग्रेस का नेता रामचन्द्र पौडेलले प्रधान मन्त्री ओलीलाई सत्ता जोगाउन चुरे ध्वस्त पार्न लागेको आरोप लगाएका छन् । उनले ओली राष्ट्रवादको लँगौटी विखण्डन वादको पगरी बनिसकेको समेत बताएका छन् ।

पौडेल भन्छन् सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भतारिँदै गर्दा हाम्रा राष्ट्रवादी के.पि. ओलिले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुबाउने , साल्ट ट्रेनिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल राष्ट्र मुक्तिसँग्राम गर्न” सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन् । ओलि राष्ट्रवादको लँगौटी बिखन्डनको पगरी बनिसकेछन्।


प्रतिक्रिया दिनुहोस्