केजरिवालको रफ्तार: खोप लगाउन कम मानिस आए पछी निर्वाचन बुथमै खोप! घर घरमा पुगे कर्मचारी

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


फेरी एक पटक केजरिवाल चर्चामा आएका छन् , दिल्लीका जना ताको प्रिय पात्र बनेका केजरिवाल कोरोना सङ्कटमा पनि मौलिक रूपले नै जुधिरहेका छन् । दिल्लीमा एक महिना भित्रमा ४५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइ सक्ने उनको योजना रहेको छ ।

४५ वर्ष माथिका मानिसहरू खोप लगाउने स्थानमा धेरै नआए पछी उनले मतदान केन्द्रलाई नै खोप बुथमा परिणत गरेका छन् । कर्मचारीहरूलाई घर घरमा पठाइने छ र खोपको लागी अपिल गरिने छ ।

दिल्लीमा ५७ लाख मानिस ४५ वर्ष माथिका छन् त्यो मध्य २७ लाखले पहिलो डोज लगाइ सकेका छन् र यो लटमा बाँकी ३० लाख मानिसले खोप लगाउँदै छन् ।


प्रतिक्रिया दिनुहोस्