प्रधानमन्त्री ओलीले वैदेशिक हस्तक्षेपलाई आमन्त्रण गरिरहेका छन् : नारायण काजी श्रेष्ठ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


नेकपा (माओवादी)का नेता नारायण काजी श्रेष्ठले प्रधानमन्त्री ओलीले वैदेशिक हस्तक्षेपलाई आमन्त्रण गरेको बताएका छन् । उनी भन्छन् प्रमले आफ्नो व्यक्तिगत स्वार्थको लागि राष्ट्रिय आत्पसमर्मणवादी नीतिको अनुसरण एवं विदेशी हस्तक्षेपको आमन्त्रण गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सोमबार श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन ,

आजको विश्वमा विदेश सम्बन्ध र कूटनीतिको असाधारण महत्त्व छ।त्यसमा पनि हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलताको परिप्रेक्षमा यो कुरामा विशेषै ध्यान दिनु आवश्यक छ। तर प्रम ओलीले ध्वस्त बनाईछाड्ने भए।

प्रमले आफ्नो व्यक्तिगत स्वार्थको लागि राष्ट्रिय आत्पसमर्मणवादी नीतिको अनुसरण एवं विदेशी हस्तक्षेपको आमन्त्रण गरिरहेका छन् । त्यही कारणले देश बाह्य शक्तिको कृडास्थल बन्दै गैरहेको त्यसका अतिरिक्त मन्त्रालयको नेतृत्व , कुटनीतिक आचारसंहिता ,राजदुत नियुक्तिको मापदण्ड ,राजदूत नियुक्ति ,कर्मचारीको पोष्टिङ आदि सहित मन्त्रालयको समग्र संस्थागत क्षमतालाई खतम बनाइरहेका छन् ।यो देशको निम्ति घातक छ ।


प्रतिक्रिया दिनुहोस्