बाँकेमा थप ४ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ।

ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।

योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ।

नुवाकोटमा थप तीनको मृत्यु

नुवाकोटमा कोरोना संक्रमति भएर पछिल्लो चौबीस घण्टामा थप तीन जनाको निधन भएको छ।

दुई जनाको त्रिशूली अस्पतालमा र एक जनाको घरकै एकान्तबासमामा निधन भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिए।

योसँगै जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। हाल जिल्लामा कोरोनाको सक्रिय संक्रमितको सङ्ख्या ९४४ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस्