बेपत्ता सुनमाया मृतावस्थामा फेला

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


भक्तवुर । गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुको काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ।

घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन्।

घरमा कुनै समस्या र झगडा भने नभइएको नभए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए।

परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन।

उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्