कर्मचारीको पेन्सन अब सिधैं व्यक्तिगत खातामा जाने, आजबाट सुरु भयो प्रणाली

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवककर्मचारीको पेन्सन व्यक्तिगत खातामा जाने प्रणाली लागू गरेको छ।

आइतबार एक सूचना जारी गर्दै महालेखा कार्यालयले मासिक निवृत्तभरण रकम विद्युतीय हस्तान्तरणमार्फत् सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली लागु भएको जनाएको छ।

यो सँगै पेन्सन पट्टा बनाएर बैंकमा गएर पेन्सन बुझ्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ।

यो सेवाबाट निजामती, प्रहरी जङ्गी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्