फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिन मन्त्रालयले माग्यो विवरण

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सरकारले कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिएकालाई जोखिम भत्ताको लागि विवरण माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।

मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँगलाई विवरण बुझाउन भनेको छ।

सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र जोखिम भत्ता भुक्तानी गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्