सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भयो : प्रधानसेनापति थापा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले आफु साउन २३ मा बिदा बस्नुअघि नेतृत्व हस्तानान्तरण प्रक्रिया थालनी गरेको जानकारी दिएका छन।

आइतबार आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्।

‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछु,’ उनले भने।

प्रधान सेनापति थापाले नेपाली सेना राजनीतिक मुद्दाभन्दा टाढा रहने समेत बताए।

उनले भने ‘सेना लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छ । राजनीतिक परिस्थितिका कारण सुरक्षा चुनौती थपिनेछ । यसका लागि सबै सुरक्षा निकाय सचेत छन्। संवैधानिक दायित्व भनेकै राष्ट्र सुरक्षा भएकाले नेपाली सेनाले संविधानकै अधीनमा रहेर अघि बढ्नेछ’।

सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ। नेपाली सेनामा अब प्रधानसेनापति बन्ने लाइनमा रथी प्रभुराम शर्मा छन।

 


प्रतिक्रिया दिनुहोस्