कर्णालीमा काँग्रेसका २ मन्त्रीले लिए सपथ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिएका हुन्।

नेपाली कांग्रेसबाट सहभागी भएका हुन्। श्रेष्ठ जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन्।

उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए।

नेपाली कांग्रेसबाट सहभागी भएका हुन्। पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ।


प्रतिक्रिया दिनुहोस्