महतोलाई राजद्रोहको मुद्दामा २५ बर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा निवेदन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । बहुलराष्ट्रका लागि आन्दोलन गर्ने विवादित अभिव्यक्ति दिएका उपप्रधान तथा शहरी बिकास मन्त्री राजेन्द्र महतो विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

महतोलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको हो।

कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका छन्। अधिवक्ता जोशीको रिट अहिले दर्ताको प्रक्रियामा रहेको छ।

यस्तै, अधिवक्ता तुल्सीराम पराजुलीले पनि मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) बमोजिम राज्य बिरुद्दको कसुर गरेको आधारमा विपक्षी राजेन्द्र महत्तोलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरि ५ वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँ सम्म जरिवाना माग गर्दै सर्वोच्च रिट पेस गरेका छन्।

उपपधानमन्त्री महतोले मन्त्री पदको सपथ लिए लगतै आफुहरुलाई एकल राज्य मान्य नहुने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।


प्रतिक्रिया दिनुहोस्