प्रधानमन्त्रीले हाम्रा मुद्दा सम्बोधन गरेकाले सरकारमा आयौं : मन्त्री भण्डारी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताएका छन्।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मत्री भण्डारीले आफुहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफुहरु सरकारमा सहभागि भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले लिएको समृद्ध नेपाल सुखि नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताएका हुन।

उनले भने–‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार। हामी सहकार्य गर्न आएका छौँ। हामिले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामि मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामिलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ।’

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताए।


प्रतिक्रिया दिनुहोस्