सर्वोच्चमा सरकार पक्षको वकिलको माग : संवैधानिक इजलासबाट २ न्यायाधीश हट्नुपर्छ

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षले संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराई हट्नुपर्ने माग गरेको छ।

महान्यायाधिवक्ता रमेश बडालले आइतबार वरिष्ठताका आधारमा गठन गरिएको इजलासबाट न्यायाधीशहरु कार्की र भट्टराई हट्नुपर्ने माग गरेका हुन् ।

उनले आफूलाई न्यायाधीश कार्की र भट्टराईमाथि आशंका रहेको भन्दै इजलासबाट हटिदिन आग्रह गरेका हुन्।

गत पुसमा संसद विघटन हुँदा पनि रिट निवेदक पक्षको माग अनुसार न्यायाधीशले इजलास छाडेको प्रसंग उप्काउँदै उनले न्याय प्राप्त गर्ने प्रक्रियामा समानता हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्