कसरी बनिन उनी एकै वर्षमा २० बच्चाकी आमा ? थाहा पाउँदा जो पनि हुन सक्छ हैरान !

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : ००


रुसको एक सम्पन्न परिवारकी २३ वर्षीय महिलाले एकै वर्षमा २० सन्तानलाई जन्म दिएर सबैलाई चकित पारी दिएकी छिन । अब उनी २१ सन्तान की आमा भएकी छिन् । उनले आफ्ना बच्चाहरूको रेख देखमा मात्र १६ जनालाई राखेकी छिन । मिरर वेबसाइटका अनुसार उनी आफैँ पनि सन्तानको रेख देखमा व्यस्त रहन्छिन् । अझै अचम्मको कुरा त यो छ की उनलाई आफ्नो परिवार अझै ठुलो बनाउनु छ ।

क्रिस्टिना ओजटर्क जब उनका पती गैलिप सँग पहिलो पटक जर्जियाको यात्रामा भेटेकी थिइन उनलाई ठुलो परिवारको रहर थियो । उनका पती गैलिप ले पहिले पनि बिहे गरिसकेका थिए । उनी अहिले ५७ वर्षका छन् ।

क्रिस्टिनाका अनुसार २० सन्तान जन्माउन उनले करोडौँ रुपैयाँ सरोगेसीमा खर्च गरेकी छिन । उनको एउटा बच्चा पहिले नै थियो । त्यसैले उनी सँग अहिले २१ बच्चाहरू छन् ।

अहिले उनीहरू सँग ४ महिना देखी १६ महिना सम्मका बच्चाहरू छन् । क्रिस्टिना भन्छिन् आफूले बच्चा जन्माउने बारे सोच आइरहेको हुन्छ बि तर तत्काल होइन । अहिले उनी राम्रो सँग सुत्न पनि पाउदिनन भन्छीन बच्चाहरूको रेखदेखमा कति बेला दिन बित्छ पत्तै हुँदैन ।

उनका पती टर्कीको मेट्रो होल्डिङ कम्पनीका मालिक हुन , उनले करिब ५० अर्ब रुपैयाँ लगानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्