शंकर पोखरेल भन्छन्-‘बहुराष्ट्रिय राज्य माओवादी केन्द्रको नीति थियो, जसपाले पनि बदल्नेछ!’

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले बहुराष्ट्रिय राज्यका लागि आन्दोलन जारी रहने बताएपछि त्यसको आलोचना भइरहेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं शहरि विकास मन्त्री भएर गएका महतोको विवादस्पद अभिव्यक्तिका कारण विरोध भइरहँदा एमाले नेता शंकर पोखरेल त्यसको बचाउमा उत्रेका छन्।

उनले आज जुन कुराको विरोध भइरहकेो छ, त्यो हिजो माओवादी केन्द्रको नीति रहेको दाबी गरेका छन्।

जनता समाजवादी पार्टीले पनि त्यसलाई बदल्ने उल्लेख गर्दै उनले केपी शर्मा अ‍ोली नेतृत्वको सरकार राष्ट्र र राज्यका वारेमा स्पष्ट रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा नेता पोखरेलले भनेका छन्-‘जसपाका कतिपय नीतिसँग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो। आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ। तर, राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ।


प्रतिक्रिया दिनुहोस्