देशभन्दा पद प्यारो ठान्ने प्रधानमन्त्रीको कारण देश बर्बाद हुँदैछ, बचाऔं : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १० : ०३


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पदलोलुपताका कारण देश संकटमा फस्दै गएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्लो समय आफ्नो सरकार जोगाउन मन्त्रिपरिषद् पुर्नगठन गर्दै जसपाका नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी गराएका छन्।

मन्त्री नियुक्त भएको आधा घण्टा नबित्दै महेतोले नेपालमा बहुलराज्य आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्ने बताए।

सो अभिव्यक्तिको आलोचना भइरहँदा प्रवक्ता श्रेष्ठले राजेन्द्र महतोको आन्दोलन सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै अधार नभएको बताएका छन्।

कार्यकारी प्रमुख (प्रधानमन्त्री)का कारण देश बर्बादितर्फ गइरहेको श्रेष्ठको टिप्पणी छ।


प्रतिक्रिया दिनुहोस्