इन्धनको मूल्य फेरि बढ्यो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सरकारले इन्धनको मूल्य फेरि बढाएको छ।

डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।

मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ। निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो।

एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्