राजेन्द्र महतोको अभिव्यक्ति अत्यन्तै संवेदनशील र विवादित छ, बेलैमा सचेत बनौं : मिश्र

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : २५


काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उपप्रधान तथा सहरि विकाश मन्त्री बन्ने वितिक्कै राजेन्द्र महतोले दिएको अभिव्यक्ति अत्यन्त संवेदनशील रहेको बताएका छन्।

संविधान जलाउनेलाई उपप्रधानमन्त्री बनाउँदाको परिणाम भन्दै नेता मिश्रले बेलैमा सचेत बन्न आग्रह गरेका छन्।

यस्ता संवेदनशील बिषयले देशमा आन्तरिक र बाह्य खतरा बढाउने नेता मिश्रको भनाई छ।

संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ‘बहूल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’अभिव्यक्ति आउनु अचम्मको कुरा होइन!

‘कमसेकम सरकारको उप-नेतृत्व गर्दा त संविधानको पालना गरौँ! संविधानले नेपाललाई ‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक’ भनेको छ। ‘बहूल राष्ट्रिय राज्य’ भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो’ सामाजिक सञ्जाल फेसबुकमा मिश्रले लेखेका छन्, ‘यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन, पश्चतापमा सीमित हुन्छ। बेलैमा सबै सजग हौँ।’


प्रतिक्रिया दिनुहोस्