राष्ट्रपति भण्डारीका सल्लाहकारको भनाई खण्डन गर्दै अमेरिकी राजदूतले यसो भने

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । अमेरिकाले नेपालाई कोरोना भाइरस विरुद्धको खोप दिने घोषणा गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोगका लागि पत्राचार गरेपछि अमेरिकाले नेपालसहितका १६ देशलाई खोप उपलब्ध गराउने घोषणा गरेको हो।

अमेरिकाले नेपाललाई खोप दिने घोषणा गरेपनि कति डोज उपलब्ध गराउने भन्नेबारे यकिन जानकारी दिएको छैन।

तर, अमेरिकी घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले अमेरिकाले ५० लाख खोप दिन लागेको भन्दै ट्विट गरे।

उक्त ट्विट केहि समयमै दुवै जनाले डिलिट गर्नुपर्यो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका सल्लाहकारको ट्विटबारे नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले दूतावासबाट बोल्दै खण्डन गरेका छन्।

बेरीले भनेका छन् ‘नेपाल सहित १६ वटा मुलुकले ७० लाख डोज खोप पाउनेछन्।’

यो आधारमा मुलुकको जनसंख्याको आधारमा माल्दिभ्सले २ लाख डोज खोप पाउँदा भारतले कम्तिमा १५ लाख डोज पाउने छ भने नेपालले मुश्किले ४ लाख डोज खोप पाउने देखिन्छ।

तर, त्यो समाचार वाशिङटनबाट बाहिरिँदा नबाहिरिँदै यता राष्ट्रपतिका प्रेस सल्लाहकारले संख्या नै किटान गरेर सामाजिक सञ्जालमा लेखिदिएका थिए। जसका कारण ट्विट डिलिट गर्नुपर्यो।


प्रतिक्रिया दिनुहोस्