डब्लुएचओद्वारा ‘कालो ढुसी’को उपचारमा प्रयोग हुने औषधी नेपाललाई सहयोग

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : २३


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो।

डब्ल्यूएचओले पठाएको सो परिमाणको औषधि नेपाल आइपुगेको बताइएको छ।

नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो।

डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोगविरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्