उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधान विरोधी : गोकर्ण विष्ट

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । पूर्व श्रममन्त्री गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन।

मन्त्री महतोले हिजो मन्त्रीमा नियुक्ती भएपछि नेपालमा बहुराज्य हुनुपर्ने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।’


प्रतिक्रिया दिनुहोस्