निषेधाज्ञामा समस्यामा परेकाहरुलाई हाम्रो टिम नेपालको राहत वितरण

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न समेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ।

निषेधाज्ञाका कारण काम नपाइ बिहान बेलुकी छाक टार्न समेत नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो।

उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल राहत स्वरुप वितरण गरीएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए।

शनिवार मात्रै ४०० भन्दा बढीलाई राहत वितरण गरिएको उहाँले जानकारी दिए।

हाम्रो टिम नेपालले अप्ठ्यारोमा परेका श्रमिक, मजदुर वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको छ भने राहत पनि वितरण गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस्