वीरगन्जमा असार १ गतेबाट स्कुल-कलेज खोल्ने निर्णय

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सरकारले काठमाडौं उपत्यका लगायत देशका धेरै ठाँउमा अहिले निषेधाज्ञा जारी गरेको छ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ ३१ सम्म कायम रहनेछ । यसबीच लकडान केहि खुकुलो समेत बनाईंदै छ।

उता वीरगन्जमा असार १ गतेबाट स्कुल केजल खुल्ने भएका छन। वीरगन्ज महानगरले शनिबार एक विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ।

विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरले जनाएको छ।

विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिएका छन।

महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको हो।

 

 


प्रतिक्रिया दिनुहोस्