राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयताको कुरा गरेर मधेसी मतदाता ठग्नेहरूको कसरी एकै ठाउँमा पुगे ? : बाबुराम भट्टराई

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ११ : ४३


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले उग्र राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयताको कुरा गरेर मधेसी मतदाता ठग्नेहरूको कसरी एकै ठाउँमा पुगे ? भनेर प्रश्न उठाएका छन् ।

यक्ष प्रश्न भन्दै ‘बाबुराम भट्टराई ले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’ भन्दै आश्चर्य प्रकट गरेका छन् । उनी भन्छन् ‘नाकाबन्दी समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ‘?

‘यक्ष प्रश्न संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ? अन्ध राष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहा जोडिएको रहेछ ?  दुवैको मुकुन्डो उत्रिएन त ?’


प्रतिक्रिया दिनुहोस्