नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोद्वारा पदभार ग्रहण

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) बाट नेतृत्व गर्दै सरकारमा सहभागि भएका नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गरेका छन्।

आजै राष्ट्रपति निवास सितल निवासमा उपप्रधान तथा सहरी विकास मन्त्री पद तथा गोपनियताको सपथ लिएका महतोले सिंहदरबार पुगेर आजै पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।

पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्।

उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। यस्तो छ १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद्‌मा यस्तो छ कार्यविभाजन


प्रतिक्रिया दिनुहोस्