बाबुरामको प्रश्न : संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो?

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको काम चलाउन सरकारमा सहभागि भएको छ।

शुक्रबार जसपा उपप्रधानमन्त्री सहित ८ मन्त्रालयको नेतृत्व गर्नेगरि सरकारमा सहभागि भएको हो।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई हरु भने विपक्षी गठबन्धन तर्फ छन्।

विवादका बीच आफ्नै पार्टीको अर्को पक्ष सरकारमा सहभागि भएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भन्दै प्रश्न गरेका छन।

स्मरणीय छ, तत्कालिन राजपा (राष्ट्रिय जनता पार्टी) ले संविधान जारी हुँदा मधेशमा ब्ल्याकआउट गरेको थियो। भने नेकपा एमाले लगायतका दलले दीपावली मनाएका थिए।

मधेशवादीदलहरुले आफ्ना माग सम्बोधनका लागि भन्दै सीमा-नाकामा गएर आन्दोलन गर्दा भारतले नाकाबन्दी गरेको थियो। त्यसयता जसपाले संविधान संशोधनको माग लगातार उठाउँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्