मन्त्रिमण्डलमा जोडीको आलोपालो : श्रीमती ‘आउट’, श्रीमानले पाए शक्तिशाली मन्त्रालय

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शुक्रबार आफ्नो मन्त्रिमण्डलमा व्यापक फेरबदल गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलमा हेरफेर गरेका हुन।

यसअघि एमालेबाट मन्त्री बनेकाहरुलाई समेत प्रधानमन्त्री ओलीले हटाएका छन्।

उनी नेतृत्वको सरकारमा एमालेका ४ जना रहने र अन्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैले रोखका छन्।

यसै क्रममा प्रधानमन्त्री ओलीले व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी जुली महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पदबाट हटाएका छन्। तर, उनका श्रीमान् रघुवीर महासेठलाई ओलीले शक्तिशाली मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

स्मरणीय छ तत्कालिन नेकपामा विभाजन हुँदा यो जोडी मध्ये श्रीमान माधव नेपाल पक्ष र श्रीमती ओली पक्षमा देखिएका थिए।

पछि मन्त्री बनाउने सर्तमा दुवै जना प्रधानमन्त्री ओली पक्षमा लागेको टिप्पणी हुने गरेको छ।

शेरबहादुरका दम्पत्ति नै मन्त्री

यसअघि सरकारमा कानुनमन्त्री रहेका शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने छात्राका विषयमा बोल्दा पद गुमाएका थिए। तर, तामाङ फेरि केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका छन्।

नेकपामा विवाद चल्दा ओली पक्षमा लाग्दा तामाङलाई दोहोरो फाइदा भएको छ।

तामाङकी श्रीमती उषाकला राई पनि मन्त्री हुन। उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्