गृह, रक्षा सहित ७ मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटा मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने भएका छन।

आज जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सरकारमा गएसँगै मन्त्रिपरषद् हेरफेर गर्नेक्रममा प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफ्नै मातहत राख्न लागेका हुन् ।

मन्त्रिपरिषद् हेरफेर गरेका ओलीले रक्षा मन्त्रालय, गृहमन्त्रालय, कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र पर्यटन मन्त्रालय अरुलाई जिम्मा दिएनन् ।

जसपाको महन्थ ठाकुर समूह ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएपछि यसअघि ओलीको क्याबिनेटमा भएका चार जनाबाहेक अरु मन्त्री भने बाहिरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्