नयाँ मन्त्रीहरुको सपथ राति ८ बजे

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ५२


नयाँ मन्त्रीहरुको शपथ साँझ ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ ।

जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षीय नेताहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषदमा नबस्ने इच्छा गरेपछी एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन्।

पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री र रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्