ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


लमजुङ । जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।

आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन।

उनीहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक छोरा रहेका थिए।

प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो।

छोराको हातमा चोट लागेको छ। शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्