राजेन्द्र महतो सहित जसपाका ८ नेता मन्त्री बन्दै, साँझ ६ बजे सपथ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ ।

जसपाबाट मन्त्री बन्नेहरुका लागि आजै साँझ ६ बजे शपथको तयारी भएको छ।

राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा जान लागेका हुन।

यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुनेछन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ।


प्रतिक्रिया दिनुहोस्