जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने सरकारले निर्णय

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले जर्मनी स्थित नेपाली राजदूतावासको घरजग्गा बेच्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय सार्वजनि गर्दै सरकार प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन।

यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ।

२०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ।

सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस्