सुनको मूल्य घट्यो

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घटेको छ।

हिजो तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार ४ सय रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाबका कारण सुनको मूल्य ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारका लागि तेजावी सुनको मूल्य ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ।

बिहीबार उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ। रासस


प्रतिक्रिया दिनुहोस्