सांसदबाट हटाइएपछि राजमोका थापा अदालतको शरणमा

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ३ : १८


काठमाडौं । गण्डकी प्रदेशको सांसदबाट हटाइएका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्च अदालत पुगेका छन।

आफूलाई सांसद पदबाट हटाइएकोमा आपत्ति जनाउँदै थापाले आज सर्वोच्चमा रिट दर्ता गरेका हुन।

रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन।

संसदीय दलको बैठक नबसी हटाएको भन्ने थापाको तर्क छ।

थापालाई पार्टीको केन्द्रीय समिति बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो।

यसअघि थापालाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाइएको थियो।


प्रतिक्रिया दिनुहोस्