कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : २२


काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमण पछि निधन भएको छ।

ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान न्यायाधीश पौडेलको निधन भएको हो।

५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो। कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो।

कोरोना सङ्क्रमण भएपछि गएको २० दिनदेखि उनले उपचार गराइरहेका थिए।

पौडेल ०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए।

पौडेलका श्रीमती, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस्