पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा कोभिड फण्डमा आर्थिक सहयोग

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


केडिया अर्गनाइजेशन अन्र्तगत पुष्पतारा केडिया सेवा फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड – १९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उधोग परिसंघद्धारा गठित कोभिड फण्डमा  रु.  पाँच लाख  योगदान गरेको छ ।

यसका साथसाथै पुष्पतारा केडिया सेवा फाउण्डेशनले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नै सिलिन्डर, मास्क, स्यानिटाइजर पि.पि.इ खरिद तथा व्यवस्थापनका निम्ति नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा समेत नगद रु. दुई लाख  प्रदान गरेको छ ।  कोभिड १९ को महामारीमा यस फाउण्डेशनद्धारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आम जनतालाई राहत पुग्ने छ फाउण्डेशनद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्