‘जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुत निर्मूल गर्न सकिन्छ’

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुत जस्ता सामाजिक अपराध निर्मूल गर्न सकिने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज उनले जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता औंल्याएका छन् ।

संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि दलित समुदायमाथि हुने हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्