यस वर्षको मनसुन ढिलो सुरु हुने

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ५९


काठमाडौं । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो ।

यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको खबर गोरखापत्र दैनिकमा छ ।

त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्