आजबाट उपत्यकाको निषेधाज्ञा केही खुकुलो

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । केही खुकुलो बनाएर थपिएको उपत्यकाको निषेधाज्ञा आजबाट लागू भएको छ ।

काठमाडौं उपत्यकामा १० दिनका लागि थपिएको हो । १४ जेठ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर कडा निषेधाज्ञा गरिएको थियो ।

आजदेखि ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने गरी निषेधाज्ञा खुकुलो गरिएको छ । तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू चल्न पाउने छन् । अत्यावश्य बाहेकका सरकारी कार्यालयको सेवा प्रवाह पनि स्थगित गरिएको छ ।

त्यस्तै सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा पनि बन्द गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खुल्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्