नेतृत्वमा युवालाई अघि सारौं, ७० पुगेकाहरुलाई बिदा गरौं : झलनाथ खनाल

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : ३८


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले युवाहरुलाई राजनीतिक नेतृत्वमा अघि सार्नुपर्ने बताएका छन्।

नेता खनालले युवाहरुलाई अब अघि साुर्नपर्ने बताउँदै सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका हुन।

माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुको बिहिबारको भर्चुअल बैठकमा सहभागि नेता खनालले भनेका छन्, ‘अब ७० वर्ष पुगेका नेताहरु सल्लाहकार बनौँ। अनुभवहरुका बारेमा लेखौँ। के के अनुभव छ, अरुलाई दिऊँ। अब नेतृत्व गर्ने जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गरौँ। सत्तरी वर्ष पुगेपछि कार्यकारी पदबाट बाहिरिनु पर्छ भन्ने नीति कार्यान्वयन गरेर जानुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस्