अनौठो जीव भेटियो आधा पोथी आधा भाले

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


अमेरिकामा एउटा जीव रिसर्चको लागी कौतूहलको विषय बन्न पुगेको छ । बाल्टिमोर स्थित मेरिल्यान्ड साइन्स म्युजियममा निलो रङको गँगटो अहिले चर्चामा छ ।

निलो र रातो रङ्गको पन्जा भएको यो गँगटो आधा पोथी र आधा भाले हो । यसको विचित्रको अवस्थालाई गाइनोडोमार्फी भनिन्छ जसमा कुनै पनि जीवको आधा अवस्था भाले र आधा पोथी हुन्छ । चार इन्चको यो जीवलाई मेरिल्यान्डको एक जना पौडीबाजले भेटाएका थिए ।

चेस पिक वे म्यागेजिनका अनुसार जेरी स्मितले यसलाई समातेका थिए । यो भन्दा अगाडी १९७९ मा पनि यस्तै अवस्थाको जीव भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्