डिशहोमले २४ लाख कित्ता आईपिओ जारी गर्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ।

हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढोका खुलेको हो ।

डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले कूल पूँजीको १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्