पूर्व बक्सर केसीको कोरोना संक्रमणबाट निधन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । पूर्व बक्सर हरि केसीको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनको मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। दक्षिण एसियाली खेलकुद सागका रजत पदक विजेता समेत रहेका केसीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केसी नेपालमा सन १९९९ मा आयोजित ८ औँ दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता हुन्।

दाङ स्थायी घर भएका ४८ वर्षीय केसी २ छोरा, श्रीमतीसहित काठमाडौं बस्दै आएका थिए।

कोरोना संक्रमणपछि केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य स्थिती खराब बनेपछि मेगा अस्पतालमा भर्ना भएका थिए।

अक्सिजनको लेभल घटेपछि उनलाई मनमोहन अस्पताल पुर्‍याइएको थियो।


प्रतिक्रिया दिनुहोस्