मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : ०६


काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्न लागेको हो।

बैठकमा कोरोना भाइरस (कोभिड१९) संक्रमण तथा रोकथाम लगायतका विषयमा छलफल हुनेछ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ।

मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।

पछिल्लो समय जसपाको महन्थ ठाकुर समूह पनि सरकारमा सहभागी हुने तयारीमा रहेको छ।

 


प्रतिक्रिया दिनुहोस्