कर्णालीमा २ मन्त्रालय सहित सरकारमा सहभागी बन्दै काँग्रेस

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


नेपाली कांग्रेस दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने भएको हो।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो।

कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएपछि भोलि शुक्रबार मन्त्रीको शपथ हुने बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्