मुख्यमन्त्री गुरुङको सरकार जोगाउने राजमो सांसद थापा पदमुक्त

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ।

पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशसभा सचिवालयलाई आजैको मितिमा पत्र लेख्दै पार्टीको ह्वीप उल्लंघन गरेका बागलुङ १ (ख)बाट विजयी सांसद कृष्ण थापालाई सोधिएको स्पष्टीकरण सन्तोषजनक नभएकाले उनलाई पदमुक्त गर्ने पार्टीको निर्णय भएको जनाएका छन्।

त्यसैगरी राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठकले पनि नेता थापालाई पदमुक्त गर्ने निर्णय गरेको सचेतक पियारी थापाले प्रदेशसभा सचिवालयलाई सूचित गरेकी छन।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव असफल पार्न सांसद थापाले निर्णायक भूमिका खेलेका थिए।

यद्यपि पार्टीले भने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्